काठमाडौं । कतारमा हुने फिफा विश्वकप फुटबलको फाइनल खेलका लागि १ लाख ४० हजार भन्दा बढी टिकटको माग भएको छ ।
गत बुधबारबाट टिकेट बिक्री खुल्ला गरिएको थियो र २४ घण्टाभित्रै फाइनल खेलका लागि १ लाख ४० हजार भन्दा बढी दर्शकले टिकटको माग गरेको फिफाले जनाएको छ ।
कतारले नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म विश्वकप आयोजना गर्दैछ ।
प्रतियोगिताको फाइनल डिसेम्बर १८ तारिखमा लुसेल स्टेडियममा हुने तालिका रहेको छ ।
लुसेल स्टेडियमको क्षमता भने ८० हजार दर्शकको मात्र रहेको छ ।
तर फिफाले भने स्टेडियमको क्षमता भन्दा बढी टिकटको माग भए लक्की ड्रमार्फत टिकेट बिक्री गरिने जनाएको छ ।
पहिलो चरणको टिकेट बिक्री फेब्रुअरी ८ तारिखसम्म हुनेछ ।
यता उदघाटन खेलका लागि पनि ८० हजार भन्दा बढीले टिकटको माग गरेका छन् ।
विश्वकपको उदघाटन खेल अल बायत स्टेडियममा हुनेछ र यस स्टेडियमको दर्शक क्षमता ६० हजार रहेको छ ।
समग्रमा २४ घण्टाभित्रै १२ लाख टिकटको माग भएको छ ।
खासगरी, कतार, अर्जेन्टीना, अमेरिका, युएई, इंग्ल्यान्ड, भारत, साउदी अरेविया, ब्राजिल र फ्रान्सबाट सबैभन्दा बढी टिकटको माग गरिएको छ ।