काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमसँगको मैत्रीपूर्ण खेलका अफ्रिकी राष्ट्र मरिससको टिम भोलि सोमबार नेपाल आईपुग्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मरिससको टोली सोमबार बिहान नेपाल आईपुग्ने जनाएको छ ।
मरिससको टिम बिहान ११:१५ बजे नेपाल आईपुग्ने छन् ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
दुई खेलको मैत्रीपूर्ण जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ ।
मरिसस फिफा वरीयतामा १ सय ७२ औं स्थानमा रहेको छ।
नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।
नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
साफ च्याम्पियनसिपको तयारीमा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको हो ।