काठमाडौं । इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेले प्रिमियर लिगमा १०० गोल पूरा गरेका छन् ।
प्रिमियर लिग अन्तर्गत शनिबार वाट्फोर्डविरुद्धको खेलमा एक गोल गर्दै मानेले प्रिमियर लिगमा १०० गोल पूरा गरेका हुन् ।
माने प्रिमियर लिगमा १०० गोल पूरा गर्ने तेस्रो अफ्रिकन खेलाडी समेत बनेका छन् ।
यस अघि डिडियर ड्रोग्बा र मोहमद सलाहले प्रिमियर लिगमा १०० गोल पूरा गरेका थिए ।