काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भारतविरुद्धको फाइनलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ‘डगआउट’ मा बस्न नपाउने भएका छन् ।
दुई पहेलो कार्डको कारण अल्मुताइरीले टेक्निकल एरियामा बस्न नपाउने भएका हुन् ।
प्रशिक्षक अल्मुताइरीले लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्ध पहेलो कार्ड पाएका थिए ।
भारतका इगोर स्टिमेक पनि ‘डगआउट’ हुने छैनन् । उनले माल्दिभ्सविरुद्धको खेलमा रातो कार्ड पाएका थिए ।
यस्तै नेपालका फरवार्ड अन्जन विष्टले समेत भारतविरुद्धको फाइनल खेल गुमाउने छन् ।
दुई पहेलो कार्डकै कारण अन्जनले फाइनल गुमाउने भएका हुन् ।
अन्जनले भारतविरुद्ध र बंगलादेशविरुद्धको खेलमा पहेलो कार्ड पाएका थिए ।