काठमाडौं । न्युकासलले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार टोटेनहमविरुद्ध हुने खेलका लागि स्टिभ ब्रुस नै मुख्य प्रशिक्षक रहने सुनिश्चित गरेको छ । यस खेल ब्रुसका लागि प्रशिक्षकका रुपमा १ हजार खेल हुनेछ।
साउदी कोषले न्युकासललाई ३ सय ५ मिलियन पाउण्डमा किनेपछि ६० वर्षीय ब्रुसलाई बर्खास्त गर्ने आशंका गरिएको थियो । तर, न्युकासलले उनी नै आइतबारको खेलका लागि प्रशिक्षक हुने सुनिश्चित गरेको हो ।
न्युकासल अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
क्लबका नयाँ मालिक अमान्दा स्टाभ्लीले ब्रुस तथा खेलाडीहरुसँग सोमबार छलफल भएको तथा उनीहरुलाई आइतबार हुने महत्वपूर्ण खेलको तयारीमा केन्द्रीत हुन समय दिइएको बताए ।
‘स्टिभ निकै व्यावसायिक रहेको तथा उनले र उनको प्रशिक्षण टोली आइतबारको खेलमा रहनेछ । यदी हामीले कुनै परिवर्तन गर्यौ भने स्टिभलाई सबैभन्दा पहिला जानकारी गराउनेछौ । यसैबीच प्रशिक्षकको रुपमा उनको एक हजार खेलका लागि शुभकामना दिन चाहन्छौ,’ स्टाभ्लीले भने ।