एजेन्सी । डच क्लब आयाक्सको युथ टिमका खेलाडी नोआ गेसरको निधन भएको छ ।
सडक दुर्घटनामा परी १६ वर्षीय गेसरको निधन भएको हो ।
आयाक्सले गेसरको कार दुर्घटनामा निधन भएको जनाएको छ ।
गेसरसँगै उनको दाजुको समेत निधन भएको बताईएको छ ।
सेन्टर फरवार्ड गेसर टिमको महत्वपूर्ण खेलाडी रहेका थिए ।
उनी २०१८ मा आयाक्स आएका थिए ।
गत सिजन आयाक्सको यू-१६ टोलीका लागि उनले ६ खेलमा १३ गोल गरेका थिए ।