एजेन्सी । इंग्लिस क्लब लिड्स युनाईटेडले गोलकिपर क्रिस्टोफर क्लेसनलाई अनुबन्ध गरेको छ ।
लिड्सले नर्वेजियन क्लब भ्यालेरेन्गाबाट गोलकिपर क्रिस्टोफरलाई अनुबन्ध गरेको हो ।
नर्वेजियन गोलकिपर क्रिस्टोफरले लिड्ससँग चार वर्षको सम्झौता गरेका छन् ।
लिड्सले २० वर्षीय गोलकिपर क्रिस्टोफर अनुबन्धको रकम भने खुलाएको छैन ।
क्रिस्टोफरले नर्वेजियन क्लबका लागि ५० खेल खेलेका छन् ।
क्रिस्टोफर नर्वेको यू-२१ टोलीका सदस्य समेत हुन् ।