एजेन्सी । इंग्लिस क्लब क्रिस्टल प्यालेसले युवा मिडफिल्डर कोनर ग्यालागरलाई अनुबन्ध गरेको छ ।
क्रिस्टलले मिडफिल्डर ग्यालागरलाई लोनमा एक वर्षका लागि चेल्सीबाट अनुबन्ध गरेको हो ।
२१ वर्षीय ग्यालागरले गत सिजन वेस्ट ब्रुमबाट लोनमै खेलेका थिए ।
उनले गत सिजन वेस्ट ब्रुमका लागि ३० प्रिमियर लिगमा २ गोल गरेका थिए ।
त्यसअघि ग्यालागरले लोनमा स्वान्सी सिटीबाट खेलेका थिए ।
इंग्ल्यान्डको यू-२१ टोलीका सदस्य ग्यालागर चेल्सीको एकेडेमीमा हुर्किएका खेलाडी हुन् ।