एजेन्सी । लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
प्रिमियर लिग क्लब लिभरपुलले डिफेन्डर आर्नोल्डले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै आर्नोल्ड २०२५ सम्म लिभरपुलमा रहने छन् ।
२२ वर्षीय डिफेन्डर लिभरपुलको एकेडेमीमा हुर्किएका खेलाडी हुन् ।
राइट ब्याक आर्नोल्डले २०१६ को अक्टोबरमा सिनियर टिममा डेब्यु गरेका थिए ।
लिग कप अन्तर्गत टोटेनहमविरुद्धको खेलमा उनले डेब्यु गरेका थिए ।
आर्नोल्डले लिभरपुलका लागि १ सय ७९ खेल खेलिसकेका छन् ।
उनले लिभरपुलका लागि १० गोल गरिसकेका छन् ।
इंग्ल्यान्डका लागि आर्नोल्डले १३ खेल खेलिसकेका छन् ।
चोटका कारण उनले युरोकप भने गुमाएका थिए ।