एजेन्सी । इंग्लिस क्लब आर्सनलले इंग्ल्यान्डका डिफेन्डर बेन ह्वाइटलाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिग क्लब आर्सनलले प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनबाट बेनलाई अनुबन्ध गरेको हो ।
आर्सनलले बेनलाई ५० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
सेन्टर ब्याक बेनले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
२३ वर्षीय डिफेन्डरले आर्सनलमा ४ नम्बरको जर्सी लगाउने छन् ।
गत सिजन उनले ३६ प्रिमियर लिग खेल खेलेका थिए ।
उनले इंग्ल्यान्डको लागि २ खेल खेलिसकेका छन् ।