एजेन्सी । म्यानचेस्टर युनाईटेडका फरवार्ड मार्कस रासफोर्डको काँधको चोटको शल्यक्रिया अर्को साता गरिने भएको छ ।
शुक्रबार युनाईटेडले फरवार्ड रासफोर्डको शल्यक्रिया अर्को साता गरिने पुष्टि गरेको छ ।
काँधको चोटबाट मुक्त हुनको लागि रासफोर्डले शल्यक्रिया गर्न लागेका हुन् ।
चोटको शल्यक्रिया गरेपछि रासफोर्ड करिब ३ महिना मैदान बाहिर रहने छन् ।
२३ वर्षीय फरवार्ड रासफोर्डले नयाँ सिजनको सुरुवाती खेलहरु समेत गुमाउने छन् ।
फरवार्ड रासफोर्ड युनाईटेडका लागि महत्वपूर्ण रहदै आएका छन् ।
गत सिजन रासफोर्डले ३७ प्रिमियर लिगमा ११ गोल गरेका थिए । रासफोर्ड युरोकप फुटबलमा भने प्रभावकारी प्रदर्शन गर्न चुकेका थिए ।