एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले नयाँ सिजनको लागि अवे जर्सी सार्वजनिक गरेको छ ।
युनाईटेडले सन् २०२१/२२ को सिजनका लागि अवे जर्सी सार्वजनिक गरेको हो ।
युनाईटेडले होम जर्सी यस अघि नै सार्वजनिक गरिसकेको छ ।
युनाईटेडले अघिल्लो सिजनको भन्दा केहि फरक डिजाइन गरेको छ ।
युनाईटेडको नयाँ जर्सी एडिडास कम्पनिले बनाएको हो ।
युनाईटेडले नयाँ जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।
युनाईटेड गत सिजन दोस्रो स्थानमा रहेको थियो ।
युनाईटेडले लिड्ससँग घरेलु मैदानमा खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।