एजेन्सी । बार्सिलोना ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ ।
आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो ।
बार्सिलोनाको मैदानमा सेल्टा डी भिगोले २–१ को जित निकाल्यो ।
खेलमा अग्रता बार्सिलोनाले २८ औं मिनेटमा लियोनल मेस्सीको हेड गाेलमार्फत लिएको थियो ।
सर्जियो बुस्केट्सको क्रसमा मेस्सीले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
त्यसको १० मिनेटमा सेल्टा डी भिगोले बराबरी गोल फर्कायो । सान्टी मिनाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेल सकिन एक मिनेट बाँकी छदाँ उनै मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई जित दिलाए ।
पछिल्लो नतिजाले बार्सिलोनाको उपाधि सम्भावना समाप्त भएको छ । उपाधि होडमा रहन बार्सिलोनालाई कम्तिमा जित आवश्यक थियो ।
लिगमा अब बार्सिलोनाले मात्र एक खेल खेल्न बाँकी छ । बासिलोना ७६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।
दोस्रो स्थानको रियल ८१ अंक सहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंक सहित शीर्ष स्थानमा छ । सेल्टा डी भिगोले ५३ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ ।
याे पनि, एट्लेटिको मड्रिडको पुनरागमन जित
र, रियलको जितमा नाचोको गोल