एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले रेलिगेसनमा परेको वेस्ट ब्रुमलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन मोहमद सलाह र एलिसन बेकरले एक एक गोल गरे ।
वेस्ट ब्रुमका हाल रोबिन्सन कानुले एक गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भने वेस्ट ब्रुमले बनाएको थियो ।
खेलको १५ औं मिनेटमा रोबिन्सन कानुले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोलकिपर एलिसनले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।
ट्रेण्ड आर्नोल्डको कर्नर बलमा एलिसनले उत्कृष्ट हेड गोल गरेका थिए ।
यस जितसँगै लिभरपुलले ३६ खेलमा ६३ अंक जोडेको छ । लिभरपुल पाँचौ स्थानमा रहेको छ ।
यस जितले लिभरपुलको शीर्ष चारको सम्भावना जीवित रहेको छ ।
वेस्ट ब्रुम २६ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।