एजेन्सी । इंग्लिस क्लब लिभरपुलका फरवार्ड डिएगो जोटाले यस सिजनको बाँकी खेल गुमाउने भएका छन् ।
चोटका कारण जोटाले बाँकी खेल गुमाउने भएका हुन् ।
२४ वर्षीय फरवार्डले खुट्टाको चोट बोकेको बताईएको छ ।
उनले म्यानचेस्टर युनाईटेडविरुद्ध ४-२ को जित निकाल्दा चोट बोकेका थिए ।
लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले जोटाले बाँकी खेल नखेल्ने पुष्टि गरेका छन् ।
पोर्चुगिज फरवार्ड जोटा आज वेस्ट ब्रुमविरुद्धको खेलमा समेत टिममा परेका छैनन् ।
लिभरपुलले लिगमा अब २ खेल खेल्न बाँकी रहेको छ ।