एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले उल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र पिएरे इमिलले एक एक गोल गरे ।
खेलको ४५ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा इमिलले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।
जितसँगै टोटेनहमले ३६ खेलमा ५९ अंक जोडेको छ । टोटेनहम लिगको छैटौं स्थानमा रहेको छ ।
उल्भ्स ४५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।