एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा नापोलीले १० खेलाडीमा समेटिएको फियोरेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
फियोरेन्टिनाको मैदानमा लोरेन्जो इन्सिग्नेले ५६ औं मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
त्यसअघि खेलको ५६ औं मिनेटमा ड्रागोस्कीले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।
यस्तै खेलको ६७ औं मिनेटमा लोरेन्जो भेनुतीले आत्मघाती गोल गरेपछि नापोलीले २-० को जित निकाल्यो ।
जितसँगै नापोली लिगको तेस्रो स्थानमा उक्लिएको छ । नापोलीले ३७ खेलमा ७६ अंक जोडेको छ ।
फियोरेन्टिना ३९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।