एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुलले वेस्ट ब्रुमसँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले वेस्ट ब्रुमसँग उसैको मैदानमा खेल्नेछ । लिभरपुल र वेस्ट ब्रुमबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा लिभरपुल सहज जितको खोजीमा हुनेछ ।
लिभरपुल वेस्ट ब्रुमलाई हराएर शीर्ष चारको होड कायम राख्न चाहन्छ ।
लिभरपुल ६० अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ ।
वेस्ट ब्रुम रेलिगेसनमा परिसकेको छ । २६ अंक जोडेर वेस्ट ब्रुम १९ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै टोटेनहमले घरेलु मैदानमा उल्भ्ससँग खेल्नेछ ।
यस्तै एभर्टनले सेफिल्ड युनाईटेडसँग खेल्नेछ ।
क्रिस्टल प्यालेस र एस्टन भिल्लाबीच समेत खेल हुनेछ ।