एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्ने भएका छन्
फ्रान्सेली प्रशिक्षक जिदानले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका हुन् ।
स्पेनिस पत्रिका मार्काले जिदानले टिमका खेलाडीलाई आफुले सिजनको अन्त्यपछि क्लब छाड्ने बताईसकेको जनाएको छ ।
जिदान सन् २०१९ मा रियलका मुख्य प्रशिक्षक बनेका थिए । प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै रियलले जिदानलाई प्रशिक्षक नियुक्त गरेको थियो ।
त्यसअघि जिदानले २०१६ देखि १८ सम्म रियलको टिम हेरेका थिए ।
जिदानको नेतृत्वमा रियलले ३ पटक च्याम्पियन्स लिग र २ ला लिगा जितेको छ ।
यस्तै उनले रियललाई २ पटक युएईएफए सुपर कप, २ पटक क्लब विश्वकप र २ पटक स्पेनिस सुपर कप जिताएका छन् ।
यस सिजन भने रियल खराब लयमा रहेको छ । च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ ।
ला लिगाको उपाधि समेत रियलका लागि कठिन देखिएको छ ।