एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले च्याम्पियन इन्टर मिलानलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले इन्टरलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा २४ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३५ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा जुवान क्वाड्राडोले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।
खेलको ५५ औं मिनेटमा रोड्रिगोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा समेटियो ।
खेलको ८३ औं मिनेटमा युभेन्ट्सका जर्जियो चिलिनीले आत्मघाती गोल गरेपछि खेल २-२ को स्थितिमा पुग्यो ।
तर, खेलको ८८ औं मिनेटमा जुवानले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३-२ को जित दिलाए ।
यस्तै खेलको इन्जुरी समयमा मार्सेलो बोर्जोभिकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि इन्टर पनि १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै युभेन्ट्स लिगको चौंथो स्थानमा उक्लिएको छ । युभेन्ट्सले ३७ खेलमा ७५ अंक जोडेको छ ।
इन्टर ८८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।