काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आज (शनिबार) सकिदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको फाइनलमा काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र धनगढीबीचको उपाधि भिडन्त साँझ ५:३० बजे सुरु हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संस्करणको प्रतियोगिताको विजेताले ३५ लाख पाउने छन् ।
उपविजेता टोलिले १५ लाख पाउने छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीले जनही १ लाख पाउने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन् ।
पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।