एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा सिटीले न्युकासल युनाईटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
फेरान टोरेसले ह्याट्रिक गरेपछि सिटीले पुनरागमन जित निकालेको हो ।
खेलको २५ औं मिनेटमा इमिल क्राफ्थले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।
तर,३९ औं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए ।
४२ औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा जोलिन्टनले गोल गर्दै न्युकासललाई २-२ को बराबरीमा फर्काए ।
६२ औं मिनेटमा जोसेप विललकले गोल गर्दै न्युकासललाई ३-२ को अग्रता दिलाए ।
६४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-३ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६६ औं मिनेटमा टोरेसले व्यक्तिगत तेस्रो गोल गर्दै सिटीलाई ४-३ को जित दिलाए ।
जितसँगै सिटीले ३६ खेलमा ८३ अंक जोडेको छ ।
यस अघि नै च्याम्पियन बनिसकेको सिटी शीर्ष स्थानमा रहेको छ ।
न्युकासल ३९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।