एजेन्सी । इंग्लिस क्लब आर्सनलका डिफेन्डर डेभिड लुइजले क्लब छाड्ने भएका छन् ।
ब्राजिलियन डिफेन्डर लुइजले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका हुन् ।
यस सिजनको अन्त्यसँगै आर्सनलसँग लुइजको सम्झौता सकिनेछ ।
३४ वर्षीय डिफेन्डरसँग आर्सनलले सम्झौता नविकरणको प्रयास गरेको थियो ।
तर, लुइजले क्लब छाड्ने निर्णय गरेको बताईएको छ ।
लुइजलाई आर्सनलले २०१९ मा ८ मिलियन पाउण्डमा चेल्सीबाट अनुबन्ध गरेको थियो ।
आर्सनलसँग लुइजले २ वर्षको सम्झौता गरेका थिए ।