एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटीले न्युकासल युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
सिटीले न्युकासलसँग उसैको मैदानमा खेल्नेछ । सिटी र न्युकासलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
सिटीले यस अघि नै लिगको उपाधि जितिसकेको छ । तर, सिटी न्युकासललाई हराउदै अंक तालिका थप फराकिलो बनाउन चाहन्छ ।
शीर्ष स्थानको सिटीले ३५ खेलमा ८० अंक जोडेको छ ।
सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १० अंकले अघि रहेको छ ।
न्युकासलविरुद्ध सिटीका मिडफिल्डर केभिन डी ब्रुएन खेल्ने छैनन् । चोटका कारण उनी टिममा हुने छैनन् ।
न्युकासल भने सिटीलाई हराएर अंक तालिका सुधार्न चाहन्छ ।
न्युकासल ३९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।