एजेन्सी । क्रिस्टियानो रोनाल्डोका आमा डोलेरेज एभेइरोले अर्को सिजन रोनाल्डो पोर्चुगिज क्लब स्पोर्टिङ सीपी फर्कने बताएकी छिन्।
पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डो अहिले इटालियन क्लब युभेन्ट्सबाट खेलिरहेका छन् ।
एभेइरोले भने आगामी सिजन रोनाल्डोलाई अल्भालेड स्टेडियममा देख्न सकिने बताए ।
'उसलाई फिर्ता ल्याउनका लागि म उनीसँग कुरा गर्ने छु,' उनले भनेकी छिन्, 'अर्को वर्ष उ अल्भालेड मा खेल्नेछ ।'
रोनाल्डोले १२ वर्षको उमेरमा स्पोर्टिङबाट फुटबल करियर सुरु गरेका थिए ।
स्पोर्टिङबाट फुटबल करियर सुरु गरेका रोनाल्डोलाई सन् २००३ मा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्धन गरेको थियो ।
पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोको सम्मानमा क्लबले रंगशालाको नाम परिवर्तन गर्दै रोनाल्डोको नाममा समेत नामाकरण गरेको छ ।
हालसम्म क्लबको रंगशाला संस्थापक जोस अल्भालेडको नाम दिइएको थियो ।