एजेन्सी । बोरुसिया डर्टमण्डले जर्मन कप फुटबलको उपाधि जितेको छ ।
बिहीबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ४-१ गोल अन्तरले पराजित गर्दै डर्टमण्ड च्याम्पियन बनेको हो ।
डर्टमण्डलाई उपाधि दिलाउन जाडोन सान्चो र अर्लिङ हालाण्डले दुई दुई गोल गरे ।
लाइपजिगका डानिल ओल्मोले एक गोल फर्काए ।
खेलको पाँचौं मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए ।
२८ औं मिनेटमा हालाण्डले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
पहिलो हाफको इन्जुरी समयमा सान्चोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
७१ औं मिनेटमा डानिलले गोल गर्दै लाइपजिगलाई ३-१ को स्थितिमा ल्याए ।
तर, खेलको ८७ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ४-१ को जित दिलाए ।
यससँगै डर्टमण्डले पाँचौ पटक जर्मन कपको उपाधि जित्न सफल भएको छ ।
पहिलो पटक डर्टमण्डले १९६५ मा जर्मन कप जितेको थियो ।