एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ ।
युनाईटेडले घरेलु मैदानमा लिभरपुलसँग खेल्नेछ । युनाईटेड र लिभरपुलबीचको खेल राति १ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युनाईटेड जित निकाल्दै दोस्रो स्थान सुरक्षित बनाउन चाहन्छ ।
युनाईटेड ३५ खेलमा ७० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
लिगको उपाधि भने सिटीले जितिसकेको छ ।
लिभरपुल ३४ खेलमा ५७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
लिभरपुल जित निकाल्दै शीर्ष चारको सम्भावना कायम राख्न चाहन्छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा एभर्टनले एस्टन भिल्लासँग खेल्नेछ ।