एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा हुने भएको छ ।
युएईएफले बिहीबार च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुने जनाएको छ ।
च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् ।
सिटी र चेल्सीबीचको फाइनल खेल मे २९ मा हुनेछ ।
यस अघि फाइनल खेल टर्कीको इस्तानबुलमा हुने तालिका रहेको थियो ।
फाइनलमा रंगशाला प्रवेशका लागि दर्शकलाई समेत अनुमति दिईएको छ ।
दुबै टिमका ६/६ हजार दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने छन् ।