एजेन्सी । युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए फुटबलमा क्लबका लागि कीर्तिमान बनाएका छन् ।
रोनाल्डोले युभेन्ट्सका लागि सर्वाधिक छिटो १०० गोल पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
बुधबार राति सासोउलोविरुद्ध ३-१ गोलको जित निकाल्दा रोनाल्डोले एक गोल गरेका थिए । उक्त गोलसँगै रोनाल्डोले युभेन्ट्सका लागि १०० गोल पूरा गरेका हुन् ।
रोनाल्डोले १ सय ३१ खेलमा एक सय गोलको कोशेढुंगा पूरा गरेका हुन् ।
रोनाल्डोले क्लब आएको तेस्रो सिजन क्लबका लागि १०० गोल गरेका हुन् ।
यस्तै रोनाल्डो तीन फरक क्लब र राष्ट्रका लागि १०० गोल पूरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।
रोनाल्डोले म्यानचेस्टर युनाईटेड, रियल मड्रिडबाट खेल्दा पनि १०० गोल गरेका थिए ।
यस्तै रोनाल्डोले पोर्चुगलका लागि १०० गोल गरिसकेका छन् ।