एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा च्याम्पियन बनिसकेको इन्टर मिलानले रोमालाई पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा इन्टरले रोमालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मार्सेलो ब्रोजोभिक,माटियस भेसिनो र रोमेलु लुकाकुले एक एक गोल गरे ।
रोमा हेन्रिख मिखीटेरीयनले एक गोल फर्काए ।
जितसँगै शीर्ष स्थानको इन्टरले ३६ खेलमा ८८ अंक जोडेको छ ।
रोमा ५८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
अर्को खेलमा एसी मिलानले टोरिनोलाई ७-० ले हराएको छ ।
मिलानलाई जित दिलाउन एन्ट रेबिकले ह्याट्रिक गोल गरे ।
थियो हर्नान्डेजले दुई तथा फ्रान्क किसी र ब्राहिम डियाजले एक एक गोल थपे ।
मिलान ७५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।