एजेन्सी । इटालियन सिरी ए फुटबल युभेन्ट्सले सहज जित निकालेको छ ।
बुधबार रति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्ट्सलाई जित दिलाउन एड्रिन राबिओट, क्रिस्टियानो रोनाल्डो र पाउलो डिबलाले एक एक गोल गरे ।
सासोउलोका गियाकोमा रास्पडोरीले एक गोल फर्काए ।
खेलको १६ औं मिनेटमा सासोउलोका डोमिनिको बेरार्डीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार युभेन्ट्सका गोलकिपर बुफोनले बचाए ।
खेलको २८ औं मिनेटमा एड्रिनले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।
४५ औं मिनेटमा रोनाल्डोले गोल गर्दा युभेन्ट्सको अग्रता २-० को बन्यो ।
खेलको ५९ औं मिनेटमा गियाकोमाले गोल गर्दै सासोउलोलाई २-१ को स्थितिमा ल्याए ।
तर, खेलको ६६ औं मिनेटमा डिबलाले गोल गर्दै युभेन्ट्सलाई ३-१ को जित दिलाए ।
जितसँगै युभेन्ट्सले ३६ खेलमा ७२ अंक जोडेको छ ।
युभेन्ट्स पाँचौं स्थानमा रहेको छ ।
सासोउलो ५६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।