एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गर्दै पीएसजी उपाधि नजिक पुगेको हो ।
खेलको निर्धारित र अतिरिक्त समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा पीएसजीका एन्जल डी मारिया, नेयमार,जुलियन, लिन्ड्रो डानिल, मार्क्विन्होस,र मोइस किनले गोल गरे ।
मोन्टपेलियरका तेजी,एन्डी डोलेर्ट,स्टेफी,मिहाइलो,लाबोर्डेले गोल गर्दा जुनियर साम्बिया गोल गर्न चुकेका थिए ।
पेनाल्टी अघि १० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
४५ औं मिनेटमा लाबोर्डेले गोल गर्दै मोन्टपेलियरलाई १-१ को बराबरीमा ल्याए ।
खेलको ५० औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ८३ औं मिनेटमा मोन्टपेलियरका एन्डीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।
अब पीएसजीले फाइनलमा मोनाको र भालियर्सबीचको विजेतासँग खेल्नेछ ।
फाइनल खेल मे १९ मा हुनेछ ।