एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा यान्निक कारास्कोको १६ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
खेलको २८ औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा सोसिडाडका इगोर जुबेल्डियाले एक गोल फर्काएपनि एट्लेटिको २-१ ले विजयी भयो ।
जितसँगै एट्लेटिको ला लिगाको उपाधि नजिक पुगेको छ ।
एट्लेटिकोले अब बाँकी दुई खेल जितेमा उपाधि आफ्नो बनाउने छ ।
एट्लेटिकोले सन् २०१४ पछि उपाधि जित्न सकेको छैन ।
एट्लेटिकोले ३६ खेलमा ८० अंक जोडेको छ । सोसिडाड ५६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।