एजेन्सी । बायर्न म्युनिखले बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।
शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३-२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो ।
बायर्नले लगातार नवौं पटक बुन्डेस लिगाको उपाधि जितेको हो ।
समग्रमा बायर्नको यो ३० औं बुन्डेस लिगा उपाधि हो ।
डर्टमण्डको जितमा जाडोन सान्चोले दुई गोल गरे । मार्को रिउसले एक गोल थपे ।
लाइपजिगका लुकास र डानिल ओल्मोले एक एक गोल फर्काए ।
बायर्न ३१ खेलमा ७१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
बायर्न दोस्रो स्थानको लाइपजिग भन्दा ७ अंकले अघि रहेको छ ।
दोस्रो स्थानको लाइपजिगले ३२ खेलमा ६४ अंक जोडेको छ ।
डर्टमण्ड ५८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।