एजेन्सी । ब्राजिली स्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)संग सम्झौता नविकरण गरेका छन् ।
नेयमारले हप्ताको ५ मिलियन पाउण्ड पाउने गरि पीएसजीसंग सम्झौता थप गरेका हुन् ।
नयाँ सम्झौतासंगै नेयमार सन् २०२५ सम्म पीएसजीमा बस्नेछन् ।
उनले पीएसजीसंग ४ वर्षको नयाँ सम्झौता थप गरेका हुन् । उनले एक सिजनमा २६ मिलियन पाउण्ड पीएसजीबाट प्राप्त गर्नेछन् ।
उनले विभिन्न सम्भावनाहरुलाई बिट मार्दै करियरको महत्वपुर्ण समय पीएसजीमै बिताउने निर्णय लिएका हुन् ।
उनले अघिल्लो सिजन बार्सिलोना फर्कने निकै मेहनत गरेका थिए । उनी चार वर्ष अघि मात्र कीर्तिमानी मुल्यमा बार्सिलोनाबाट पीएसजी आएका थिए ।
उनी १ सय ९८ मिलियन पाउण्डमा पीएसजी आएका थिए । उनी अहिलेसम्म युरोपेली क्लब फुटबलका सर्वाधिक महङ्गा फुटबलर हुन् ।
उनको सम्झौता सन् २०२२ मा सकिदै थियो । नयाँ सम्झौताका लागि पीएसजीले नेयमारसंग छलफल गर्दै आएका थियो ।
उनले सन् २०१९ मा पीएसजी छाड्ने घोषणा गरेका थिए । उनी बार्सिलोनासंग जोडिएका पनि थिए । उनले दुई हप्ता अघि पत्रकार सम्मेलनमा आफु फ्रान्सेली राजधानीमा खुसी रहेको बताएका थिए ।
पीएसजीसंगको सम्झौतामा च्याम्पियन्स लिग जितेमा थप बोनश समेत उल्लेख गरिएको छ ।
च्याम्पियन्स लिग जित्ने लक्ष्य सहित पीएसजी आएका नेयमार उपलब्धि भने हात पार्न सकेका छैनन् । यस वर्ष समेत उनको टिम पीएसजी सेमिफाईनलमा म्यान्चेष्टर सिटीसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
नेयमारलाई क्लबमै राख्न सफल भएको पीएसजीको अबको लक्ष्य अर्का स्टार केलियन एम्बाप्पेसंग नयाँ सम्झौता गर्नु हुनेछ । एम्बाप्पे पीएसजी छाड्दै नयाँ क्लबमा जोडिन ईच्छुक छन् ।