काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत अहिले धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा धनगढी र बुटवलले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको केहि मौकालाई सदुपयोग गर्न सकेनन् ।
शीर्ष स्थानमा रहेको धनगढी प्ले अफ पुगिसकेको छ । तर, धनगढी अन्तिम लिग खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्ले अफ खेल्न चाहन्छ ।
धनगढीले ५ खेलमा १० अंक जोडेको छ ।
बुटवललाई भने प्लेअफमा स्थान बनाउन जित निकाल्नै पर्ने दबाब रहेको छ ।
बुटवल ५ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।