एजेन्सी । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ ।
फोर्ब्सले निकालेको नयाँ सूची अनुसार बार्सिलोना सर्वाधिक धनी क्लब बनेको हो ।
बार्सिलोनाले रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।
फोर्ब्सको तथ्यांक अनुसार बार्सिलोनाको मूल्य ४.७६ विलियन डलर रहेको छ ।
रियलको मूल्य ४.७५ विलियन डलर रहेको छ ।
यस्तै तेस्रो स्थानमा रहेको बायर्न म्युनिखको मूल्य ४.२१ विलियन रहदा चौंथो स्थानको म्यानचेस्टर युनाईटेडको ४.२० विलियन र पाँचौं स्थानको लिभरपुलको ४.१० विलियन डलर रहेको छ ।
छैटौं स्थानको म्यानचेस्टर सिटीको मूल्य ४ विलियन, चेल्सीको ३.२० विलियन र आर्सनलको २.८० विलियन डलर रहेको छ ।
नवौं स्थानको पीएसजीको मूल्य २.५० र दशौँ स्थानको टोटेनहमको २.३ओ विलियन रहेको छ ।