काठमाडौं । राष्ट्रिय यू–१९ फुटबल टोलीका सदस्य मनिष डाँगीले विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।
दक्षिण कोरियाको स्थानिय विश्वविद्यालय एकेडेमीमा रहेर ब्यवसायिक फुटबल खेलिरहेका युवा स्ट्राइकर मनिष फ्रेन्चाईज फुटबल एनएसलमा विराटनगरमा आबद्ध भएका हुन् ।
एनएसएल बैशाख ११ गतेबाट २५ गतेसम्म काठमाडौंमा हुदैछ ।
उनलाई विराटनगरले स्थानीय खेलाडीको रुपमा टोलीमा समावेश गरेको हो । एनएसएलमा हरेक टोलीले १५ लिलामी, दुई स्थानिय र ३ विदेशी खेलाडी राख्नुपर्ने प्रावधान रहेको छ ।
सोहि अनुसार अनुप रञ्जन भट्टराईको स्वामित्वमा रहेको विराटनगरले नेपाल यू–१९ टोलीका सदस्य रहेको मनिषलाई टोलीमा समावेश गरिएको हो । उनलाई कति रकममा अनुबन्धित गरिएको भन्ने विषय क्लबले खुलाएको छैन ।
विराटनगर सिटीका निर्देशक सोनम घलेले मनिषलाई टोलीमा समावेश गरिएको खेलपाटीलाई पुष्टि गरे ।
‘मनिष राम्रो खेलाडी हो । त्यसैले उसलाई टोलीमा झिकाएका छौं ।’ सोनमले भने ।
विराटनगरको मार्की खेलाडीको रुपमा राष्ट्रिय फुटबल टोलीका सदस्य रन्जित धिमाल रहेका छन् । यस्तै, प्रशिक्षकमा भारतीय ए लाईसेन्स प्राप्त यान ल हुनेछन् । हाल टोलीले धरानमा सुरुवाती अभ्यास गरिरहेको छ । विराटनगरस्थित विराट रंगशालामा गोल्डकप सक्किएसँगै टोलीले आफ्नो तयारी बढाउनेछ ।
यसअघि मनिषले नेपालमा भएको यू–१८ साफ च्याम्पियनसिपबाट देशको प्रतिनिधित्व गरेका थिए । यस्तै, उनले जोर्डनमा भएको यू–१९ एएफसी कपको छनोट खेलमा नेपालबाट खेलेका थिए । त्यस लगत्तै भने उनी पुनः कोरिया प्रस्थान गरेका थिए ।
नेपालमा पहिलो पटक फुटबलको फ्रेन्चाईज प्रतियोगिता हुने भएसँगै उत्साहित रहेका मनिष नेपाल फर्किएका हुन् । उनले नेपाल फर्किए लगत्तै ४ पटकको ए डिभिजन लिग च्याम्पियन थ्रीस्टारबाट मोफसलमा चौथो संस्करणको बागमती कप खेलेका थिए । थ्रीस्टारले उपाधिनै हात पारेको थियो ।
मनिष एनएसएल खेल्न आएको र सोहि समय पारेर थ्री स्टारबाट मोफसलको गोल्डकप खेलको आमा गिता डांगीले खेलपाटीलाई बताईन् ।
‘एनएसएल खेल्ने टुंगो लागेसँगै छोरा नेपाल आएको हो । सोहि समय पारेर थ्रीस्टारबाट खेल्यो र उपाधि पनि हात पार्याे ।’ गिताले भनिन् ।
यसअघि परिवारसँग कोरियामा बस्दै आएका मनिष नागरिकता बनाउन नेपाल आएका थिए । ७५ साल चैतमा नेपाल आएका उनले खालीबारी युवा क्लबबाट सी डिभिजन लिग खेलेका थिए । टोली च्याम्पियन समेत भएको थियो ।
त्यसपछि घरेलु फुटबलमा चर्चामा आएका मनिषले उमेर समुहको य–ू१८ र १९ हुँदै एएफसी कप अघि मनाङ मस्र्याङ्दी क्लबमा ट्रायल दिएका थिए । हाल उनी विराटनगर टोलीसँग धरानमा रहेका छन् ।
विराटनगरको हालसम्मको टोली
प्रशिक्षक : यान ल
मार्की खेलाडी : रन्जित धिमाल
खेलाडीहरु : अशोक थापा, किशोर गिरी, विक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज जूं ठकुरी, विजय धिमाल, सुर्य अधिकारी, सन्तोष तामाङ, हेम तामाङ, सुसिल लामा, सुनिल खड्का, दिपक राई, निर कुमार राई ।