एजेन्सी । प्रिमियर लिग फुटबलमा आज (आईतबार) राति चार खेल हुदैछन् ।
उपाधिको दौडमा रहेको म्यान्चेष्टर युनाईटेडलाई टोटेनहमले चुनौती दिनेछ । टोटेनहम घरेलु मैदानमा युनाईटेडलाई पराजित गर्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
तालिकाको सातौं स्थानमा रहेको टोटेनहमलाई च्याम्पियन्स लिगको दौडलाई सहज बनाउन पनि जित आवश्यक छ ।
युनाईटेड भने टोटेनहमलाई हराउँदै शहरी प्रतिद्धन्दी सिटीमाथि दबाब बढाउन चाहन्छ । प्रशिक्षक आले गुनर सोल्सायरले लिगमा दोस्रो स्थान आफ्ना लागि कुनै उपलब्धि नहुने बताईसकेका छन् ।
सोही कारण युनाईटेडले उपाधिलाईनै मुख्य लक्ष्य बनाएको छ । डिफेन्डर टोबी एल्डरवियल्ड र सर्ज औरियरको पुनरामगन टोटेनहमलाई राहत दिनेछ । बेन डेविस र म्याट डोहर्टी टिम बाहिरै रहनेछन् ।
युनाईटेड लुका सा टोटेनहमविरुद्ध फिट हुने अपेक्षा गरेको छ । सा बिहिबार ग्रानाडाविरुद्धको खेलमा पहिलो हाफपछि मैदान छाडेका थिए । चोट बोेकेका मार्कुस रासफोर्ड मैदान देखिने अपेक्षा छ भने एन्थोनी मार्टियल यस सिजन पुरै मैदान बाहिर रहने सम्भावना छ ।
आईतबार रातिनै हुने अन्य खेलमा वर्नलीले रेलिगेशन जोनबाट बच्न संघर्षरत न्युक्यासललाई आतिथ्यता प्रदान गर्दा लेस्टर भने वेस्ट ह्यामको भ्रमणमा निस्कनेछ ।
लेस्टर र वेस्ट ह्याम दुवै टिम च्याम्पियन्स लिगको यात्रालाई सहज बनाउने ध्याउन्नमा रहेका छन् । तालिकाको पुछारमा रहेको सेफिल्ड युनाईटेडले आर्सनललाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ ।