एजेन्सी । एसी मिलानका प्राविधिक निर्देशक पाउलो माल्दिनीले फरवार्ड ज्लाटन इब्राहिमोभिच नयाँ सम्झौताको निकै नजिक रहेको बताएका छन् ।
इटालिनय मिडियाका अनुसार ३९ वर्षिया फरवार्डले मिलान क्लबसंग एक वर्षको सम्झौता नविकरण गर्दैछन् । उनी यस सिजन सिरि एका सर्वाधिक गोलकर्ता हुन् ।
शनिबार पार्मासंग प्राप्त जित लगत्तै माल्दिनीले इब्राहिमोविचसंगको छलफल सहमती नजिक पुगेको बताएका छन् ।
‘ईब्रासंग हामी सम्झौताको निकै नजिक छौं ।’ माल्दिनीले भनेका छन् ।
‘हामीसंग केही सामान्य विषय समाधान गर्नुपर्नेछ ।’ उनले थपे ।
इब्राहिमोभिच मात्र नभएर अन्य दुई महत्पुर्ण खेलाडीसंग मिलान क्लबको सम्झौता सकिदैछ । गोलकिपर जियानलुइगी डोनारुम्मा र मुख्य मिडफिल्डर हकन काल्होग्लुसंग क्लबले नयाँ सहमती बनाउन सकेको छैन ।
दुवै खेलाडी क्लबमा रहने सम्भावना कम रहेको माल्दिनीले बताएका थिए ।
a‘यो महत्वपुर्ण छ, मानिस यस कुरामा सहमत हुन आवश्यक छ, सम्झौता गर्नका लागि दुवै पक्ष खुसी हुन आवश्यक छ ।’ उनले भनेका छन् ।