एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
ग्रानडाको मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्ड र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे ।
खेलको ३१ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई १-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।
यस जितसँगै युनाईटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
ग्रानडालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।
युनाईटेडको मैदानमा हुने दोस्रो लेग अप्रिल १६ मा हुनेछ ।