एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लेष्टरले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको मैदानमा लेष्टरलाई जित दिलाउन केलिची इहानाचो र डानिल अमर्टेले एक एक गोल गरे ।
ब्राइटनका एडम लालनाले एक गोल फर्काए ।
खेलको दशौँ मिनेटमा लालनाले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६२ औं मिनेटमा केलिचीले गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा डानिलले गोल गर्दै लेष्टरलाई २-१ को जित दिलाए ।
जितसँगै लेष्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
लेष्टरले २८ खेलमा ५३ अंक जोडेको छ ।
ब्राइटन २६ अनक जोडेर १६ औं स्थानमा रहेको छ ।