एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा आर्सनल बर्नलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
बर्नलीको मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले अंक बाड्नु परेको हो ।
खेलको छैटौं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३९ औं मिनेटमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै आर्सनलले २७ खेलमा ३८ अंक जोडेको छ ।
आर्सनल लिगको दशौँ स्थानमा रहेको छ ।
बर्नली ३० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।