काठमाडौं । सातदोबाटो युथ क्लब सहिद स्मारक 'ए' डिभिजन लिगमा बढुवा भएको छ ।
सहिद स्मारक 'बी' डिभिजन लिग अन्तर्गत शनिबार दोसो स्थानको खुमलटार युथ क्लब पराजित भएपछि सातदोबाटो शीर्ष डिभिजनमा बढुवा भएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटार युथ क्लब श्री भगवती क्लबसँग २-१ ले पराजित भएको थियो । खुमलटारको हारसँगै सातदोबाटो दुई खेल अगाबै बढुवा भएको हो ।
सातदोबाटोलाई शीर्ष लिगमा बढुवा हुन एक जितको आवश्यकता रहेको थियो ।
लिगको शीर्ष स्थानमा रहेको सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ ।
दोस्रो स्थानको खुमलटारको १० खेलमा २२ अंक रहेको छ ।
अब खुमलटारले लिगमा एक खेल खेल्न बाँकी रहेको छ ।
सातदोबाटोले भने २ खेल खेल्न बाँकी रहेको छ ।
अब अन्तिम दुई खेलमा पराजित भएपनि सातदोबाटो खुमलटारविरुद्ध हेड टु हेडमा अघि रहनेछ ।