एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले बलियो टिम बोरुसिया डर्टमण्डसँग खेल्दैछ ।
बायर्नले घरेलु मैदानमा डर्टमण्डको सामना गर्नेछ । बायर्न र डर्टमण्डबीचको खेल नेपाली समय अनुसार राति ११:१५ बजे सुरु हुनेछ ।
डर्टमण्डविरुद्ध मैदान उत्रदा बायर्न जितको खोजीमा हुनेछ । बायर्न जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चाहन्छ ।
बायर्न ५२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बायर्न दोस्रो स्थानको आरबी लाइपजिग भन्दा २ अंकले अघि रहेको छ ।
डर्टमण्ड भने ३९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । डर्टमण्ड घरेलु टिमलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
यस्तै दोस्रो स्थानको लाइपजिगले फ्रेईवर्गसँग खेल्नेछ ।
बोरुसिया मन्छेनग्लाडबाखले बायर लेवरकुसेनसँग खेल्दा होफेनहाइमले उल्फवर्गसँग खेल्नेछ ।