एजेन्सी । इटालियन सिरी 'ए' क्लब युभेन्ट्सले मिडफिल्डर वेस्टन म्याकेनीलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
युभेन्ट्सले बुधबार म्याकेनीलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ ।
२२ वर्षीय म्याकेनीले युभेन्ट्ससँग सन् २०२५ सम्मको सम्झौता गरेका छन् ।
अमेरिकन मिडफिल्डर म्याकेनी युभेन्ट्समा लोनमा खेलिरहेका थिए ।
युभेन्ट्सले म्याकेनीलाई यसै सिजन जर्मन क्लब साल्केबाट एक वर्षका लागि लोनमा अनुबन्ध गरेको थियो ।
तर, प्रभावशाली प्रदर्शन गरेपछि युभेन्ट्सले उनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
युभेन्ट्सका लागि उनले ३१ खेलमा ४ गोल गरिसकेका छन् । यस्तै इटालियन सुपर कप जितिसकेका छन् ।
अमेरिकाका अन्तर्राष्ट्रिय म्याकेनी सन् २०१७ मा साल्के आएका थिए । तीन सिजनमा साल्केका लागि उनले ७४ बढी खेल खेलेका छन् ।
गत सिजन उनले २८ बुन्डेसलिगा खेलमा ३ गोल गरेका थिए ।
अमेरिकाका लागि उनले १९ खेलमा ६ गोल गरेका छन् ।