एजेन्सी । टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले फरवार्ड ग्यारेथ बेलको प्रशंसा गरेका छन् ।
प्रिमियर लिग अन्तर्गत बर्नलीविरुद्धको खेलपछि प्रशिक्षक मोरिन्होले बेलको प्रशंसा गरेका हुन् ।
‘पहिले भन्दा राम्रो अवस्थामा देखिएका छन्’, बर्नलीविरुद्धको खेलपछि मोरिन्होले भने ।
वेल्सका अन्तर्राष्ट्रिय खेलाडी बेलले बर्नलीविरुद्ध ४-० को जित निकाल्दा दुई गोल र एक असिस्ट गरेका थिए ।
स्पेनिस क्लब रियल मड्रिडबाट टोटेनहम फर्किँदा सुरुवातमा उनको फिटनेसको विषयमा धेरैले प्रश्न उठाइएका थिए ।
विश्लेषकहरुले बेल र क्लबलाई समेत फ्लपको संज्ञा दिएका थिए । तर, आइतबार उनले आफु आफ्नो सर्वश्रेष्ठ लयमा रहेको प्रमाण पेश गरे ।
‘कहिलेकाँही धेरै व्यक्तिहरुले कथाहरूको कल्पना गर्न मन पराउँछन् । तपाईलाई कथाहरू लेख्नु पर्छ र कहिलेकाँही तपाईले त्यस्ता विषय खेल्न मनपराउनु हुन्छ जुन साँच्चिकै सत्य होइनन्,’ उनले भने, ‘टोलीमा उनी मात्र एक हैनन्, तर अब उनी पहिलेभन्दा राम्रो छन् ।’
उनले थपे, ‘बर्नलीविरुद्ध बेलले दुई गोल मात्र गरेका हैनन् । उनको साँचै शारीरिक प्रदर्शन गरेका छन् । अब उनी आफ्नो प्रदर्शनको उतार चढाव वेगमा छन् । म केवल टिमका लागि खुशी छु किनकि उनले टिमलाई जित्न मद्दत गरे । यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’
खेलपछि बेलले आफ्नो टोलीलाई सहयोग गर्न लामो समय पर्खनु परेको बताए । उनले आफु लय र फिटनेसमा फर्किन लामो समय बिताएको बताए ।
‘म पूर्ण रूपमा फिट हुनका लागि बढि निर्माण गर्दैछु । त्यसले मलाई आरामदायी महसुस गर्यो र मेरो लय फर्कदैछ । टोलीलाई मद्दत गर्न पाउँदा खुशी छु,’ बेलले भने ।