काठमाडौं । कुपन्डोलको फ्रेन्ड्स क्लबले भक्तपुरको चाँगुनारायणमा फुटबल मैदानमा बनाउने भएको छ ।
'ए' डिभिजन क्लब फ्रेन्ड्सको शनिबार बसेको साधारण सभाले चाँगुनारायणमा फुटबल मैदान बनाउने निर्णय गरेको हो ।
एएफसीको क्लब लाइसेन्सलाई अघि बढाउने उदेश्यसहित फ्रेन्ड्सले मैदान बनाउने निर्णय गरेको हो ।
एएफसीको प्रतियोगिता खेल्न क्लब लाइसेन्स अनिवार्य पाउनु पर्नेछ । यस्तै एन्फाले पनि क्लबलाई एन्फा लाइसेन्स अनिवार्य गरेको छ ।
यस्तै साधारण सभाले एएफसी र फिफाको नियम अनुसार क्लबको विधान संसोधन गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै क्लबको चैत २८ गते हुने निर्वाचनका लागि क्लबका आजीवन सदस्य श्री राम खनालको संयोजकत्वमा निर्वाचन कमिटि समेत गठन गरेको छ ।