एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा साँघुरो जित निकालेको छ ।
बुधबार राति भएको पहिलो लेगमा रियलले १० खेलाडीमा सिमित इटालियन क्लब एट्लान्टालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एट्लान्टाको मैदानमा रियललाई जित दिलाउन फेर्लान्ड मेन्डीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८६ औं मिनेटमा मेन्डीले निर्णायक गोल गरे ।
उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरे ।
त्यसअघि खेलको १७ औं मिनेटमा रिमो फ्रेलेरले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
एट्लान्टालाई भने दोस्रो लेगमा दुई भन्दा बढी गोल अन्तरको जित निकाल्नु पर्ने भएको छ ।
रियल र एट्लान्टाबीचको दोस्रो लेग मार्च १६ मा हुनेछ । खेल रियलको मैदानमा हुनेछ ।