काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा श्री कुमारी क्लबले सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा श्री कुमारीले श्री भगवती क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
१० खेलाडीमा सिमित श्री कुमारीको जितमा आशिष राईले ह्याट्रिकसहित ४ गोल गरे ।
श्री भगवतीका नवराज गुरुङले एक गोल फर्काए ।
खेलको २० औं मिनेटमा आशिषले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको ५३ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ६४ औं मिनेटमा आशिषले ह्याट्रिक पुरा गर्दै टिमलाई ३-० को अग्रता दिलाए ।
खेलको ५८ औं मिनेटमा कमल गुरुङले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि श्री कुमारी १० खेलाडीमा समेटियो ।
तर, खेलको ७७ औं मिनेटमा आशिषले व्यक्तिगत चौंथो गोल गर्दै टिमको अग्रता ४-० को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा श्री भगवतीका नवराजले एक गोल फर्काएपनि श्री कुमारी ४-१ ले विजयी भयो ।